कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्: उपप्रधानमन्त्री सिंह

काठमाडाैं | पुस २३, २०८१

कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्: उपप्रधानमन्त्री सिंह

काठमाडौं:     उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवद्र्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताउनुभएको छ ।  

    
नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यकम’ मा उपप्रधानमन्त्री सिंहले कलाकारसँग भेट्न पाउँदा र सम्मान गर्न पाउँदा आफू हुर्षित हुने गरेको बताउनुभयो । 


उहाँले भन्नुभयो, “जीवन नै कलाकारितामा समर्पण गरेर योगदान दिने स्रष्टालाई सम्मान गर्नुपर्दछ । कलाकारको योगदानको कदर जति गरे पनि कम हुन्छ । कलाकारलाई राज्यले सक्ने सहयोग गर्छ ।” पुरस्कारबाट पुराना कलाकारप्रति सम्मान हुनाका साथै नयाँलाई यस पेसाप्रति रुचि बढ्न मद्दत पुग्ने उहाँको भनाइ थियो । 

    
सो अवसरमा ‘हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार’बाट केदार दाहाल, ‘हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कार’बाट इन्दु पन्त, ‘क्यान आइडियल कला पुरस्कार’बाट विपिन श्रेष्ठ, ‘अमात्य कला पुरस्कार’बाट सुन्दर लामा, ‘मुल्मी ग्राफिक डिजाइन पुरस्कार’बाट राजन काफ्ले, ‘निर्वाण कला सम्मान’बाट स्मिता श्रीवास्तव र ‘सुरेन्द्र सम्मान दीर्घ कला–साधक सम्मान’बाट प्रा गोविन्दनारायण ज्यापूलाई पुरस्कृत गरिएको थियो ।

    
यसैगरी, ‘क्रोधकला शिरोमणि पुरस्कार’बाट मनबहादुर विक, ‘क्यान सिग्देल आर्ट पुरस्कार’बाट डा कृष्ण ओझा, ‘बालकृष्ण स्मृति कला पुरस्कार’बाट देवेन्द्र पौड्याल, ‘नारायणदेवी स्मृति पुरस्कार’बाट रवीन्द्र राजभण्डारी, ‘राजेश मानन्धर कार्टुन पुरस्कार’बाट पदम घले, ‘ज्ञानी शाह क्यान अमूर्त कला सम्मान’बाट रमेश खनाल, ‘ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार’बाट भुवन थापा र ‘ऋचा मैनाली रिजाल स्मृति पुरस्कार’बाट प्राश्ना बुढा मगरलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्